पाँच महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स

admin

काठमाडौं, पुस २९ : चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म चार खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार पाँच महिनामा चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो गएको यसै अवधिको तुलनामा १० दशमलव ९ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर तीन अर्ब ५२ करोड पुगेको छ ।

यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्म अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ११ दशमलव ८ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच महिनामा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि भदौसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया