पाँच वर्षीय बालकको शव फेला, हत्याको आशंका

admin

काठमाडौं, १४ साउन : महोत्तरीमा पाँच वर्षीय बालकको श व फेला परेको छ । बुधबार साँझदेखि हराइरहेको रामगोपालपुर नगरपालिका– ६ विशम्भरपुर बस्ने चन्द्रकिशोर यादवका छोरा रितेशकुमारको श व घरबाट ४० मिटरको दूरीमा रहेको बगैँचामा परालको थुप्रोले छोपेको अवस्थामा फेला परेको प्र हरीले जनाएको छ ।

जिल्ला प्र हरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले मृ त्यु शं कास्पद रहेको र अनुसन्धान भइरहेको बताए । श व परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको उनले बताए । मृ तककी कान्छी आमा बुधबारदेखि नै सम्पर्कविहीन रहेको र छोरा खोज्न हिँडेका चन्द्रकिशोरसमेत सम्पर्कविहीन रहेको प्र हरीले जनाएको छ ।

चन्द्रकिशोरको सात वर्षअघि रजनी यादवसँग मागी बिहे गरेका थिए । रजनीबाट दुई छोरा छन् । चन्द्रकिशोरले एक वर्षअघि रागनी मुखियासँग दोस्रो बिहे गरेपछि रजनीले दुवै छोरालाई बाबुको जिम्मा लगाएर माइत गएकी थिइन् ।

दुईमध्ये जेठो छोराको श व शं कास्पद अवस्थामा भेटिएपछि स्थानीयले आफन्तबाटै ह त्या गरिएको आ शंका गरेका छन् । चन्द्रकिशोरका अर्का तीन वर्षीय छोरा भने हजुरआमासँग रहेका छन् ।

प्रतिक्रिया