पाँच हजार घुस लिएको आरोपमा अदालतका दुई कर्मचारी पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौं : जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घु’स मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी प’क्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मु’द्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागाईँ र मनोज थापा सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घु’स माग्दा माग्दै शुक्रबार प’क्राउ परेका हुन्।

आयोगले उनीहरुलाई रुपन्देहीको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट प’क्राउ गरेको हो। आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया