पाकिस्तानमा भूकम्प : कम्तीमा २० जनाको ज्यान गयो, २ सय बढी घाइते

admin

पाकिस्तान, २१ असोज : पाकिस्तानको बालोचिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भू कम्प गएको छ ।

बिहीबार बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको ज्या न गएको र दुई सय बढी घाइते भएका त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक नासिर नसिरको भनाइलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

यस्तै अमेरिकी भूगर्भ सर्वेक्षणले बालाेचिस्तान प्रान्तकाे क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्रमा भूकम्पको इपिसेन्टर रहेको र इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको जनाएको छ ।

भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् भने सयौँ बढी नागरिक घरबारविहीन भएका छन् । यस्तै ज्यान गु माउ नेमा महिला र बालबालिका बढी छन् ।

क्वेटा क्षेत्रमै १९३५ मा ७ दशमलव ७ म्याग्नेच्युडको भूकम्प जाँदा ३० देखि ६० हजारबाे बीचमा मानिसले ज्या न गु मा एका थिए । त्यसलाई इतिहासमै दक्षिण एसियामा गएकाे सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ ।

प्रतिक्रिया