पाकिस्तानी कलाकारलाई साथ दिदाँ सलमान मुछिए विवादमा

मनिषा थापा

एजेन्सी  :  बलिउडका अभिनेता सलमान खान पाकिस्तानी कलाकारलाई साथ दिदाँ विवादमा परेका हुन् । पाकिस्तानका कलाकारलाई अझै भारतमा काम गर्न दिने राम्रो वातावरण सिर्जना हुन् सकेको छैन । जसका कारण समय-समयमा विवाद चर्किदै आइरहेको छ। यसै क्रममा सलमानले पनि आफ्नो फिल्ममा पाकिस्तानी कलाकार राखेका कारण उनी विवादमा छन्।

पकिस्तानी कलाकारहरुलाई लखेट्नुपर्छ भन्ने धारण अहिले गायक अभिजितले राखेका हुन् । उनले बारम्बार पाकिस्तानी कलाकारको विरोधमा बोल्दै आएका छन् । सलमान खानको भने पाकिस्तानीप्रति सहानुभूति र उनीहरुलाई स्थान दिनुपर्ने मान्यतामा छ । पछिल्लो पटक उनले अभिनेता सलमान खानलाई समेत यसमा मुछेर विरोध गरेका हुन् । सलमानले आफ्ना फिल्ममा पाकिस्तानी गायक–गायिकालाई अबसर दिएको आरोप पनि अभिजितले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू