पाकिस्तान स्टक एक्सचेन्जमा आ’क्रमण, चार जनाको मृत्यु

admin

काठमाडौं, १५ असार : ब’न्धुकधा’रीहरुले पाकिस्तान स्टक ए’क्सचेन्जमा सोमबार आ’क्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आ’क्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ ।

कराँचीका प्रहरी प्रमुख गु’लाम नबी मेमोनले आ’क्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रि’नेड र ब’न्दुक प्र’हार गरेको जानकारी दिए ।

उनले आ’क्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिए । एएफपीका अनुसार आ’क्रमणकारीको गो’ली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ ।

कराँचीमा अ’पराध र राजनीतिक तथा जातीय हिं’साबाट प्र’ताडित रहने गरेको छ । राजनीतिक संरक्षणप्राप्त ब’न्धुकधा’रीहरुले बेलाबखत विपक्षी नेताहरु तथा आवासीय क्षेत्रमा आ’क्रमण गर्ने गरेको इतिहास छ ।

तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरुमा निकै सुधार भएको छ । पाकिस्तानी सुरक्षाकर्मीले राजनीति आडमा संचालित आ’पराधिक गि’रोह र इस्लामिक चरमपन्थीमाथि व्यापक कारबाही गरेपछि परिस्थितिमा सुधार आएको हो ।

पाकिस्तानमा अ’खडा बनाएका अल-कायदा र तालिबान समर्थित पाकिस्तानी ल’डाकूले पाकिस्तानका कुनै पनि क्षेत्रमा आ’क्रमण गर्ने सामथ्र्य राख्ने सुरक्षाविज्ञहरुको भनाई छ ।

स्थानीय महानगरका अधिकारीहरुका अनुसार गत साता पनि महानगरमा भेला भएका व्यक्तिमाथि लक्षित गरी एक आ’पराधिक समूहले गरेको ग्रि’नेड आ’क्रमणबाट एक व्यक्तिको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।

सन् २०१८ मा पृ’थकतावादी ल’डाकू समूहले कराँचीस्थित चिनियाँ म’हावाणिज्यदूतावासमा दिउँसो गरेको आ’क्रमणमा चार जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया