पाखे होइन, एकपाखे भनेको हुँ: सूर्य थापा

admin

काठमाडाैं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कसैलाई पाखे नभनेको भन्दै स्पष्टीकरण दिनुभएकाे छ । एक अन्तर्वार्तामा थापाले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरूलाई ‘पाखे’ भनेकाे भन्दै समाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ ।

साेही विषयमा प्रेस सल्लाहकार थापाले बुधबार ट्विटरमार्फत आफूले ‘पाखे’ नभनेर ‘एकपाखे’ भनी टिप्पणी गरेकाे स्पष्ट पार्नुभएकाे छ । उहाँले ‘एकपाखे’ भनेकामा यसलाई एकथरी मानिसले अतिरञ्जित गरी दुष्प्रचार गरेको गुनासो पनि गर्नुभएकाे छ ।

‘मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेख्नुभएकाे छ, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु।’

प्रतिक्रिया