पाथिभरा दर्शन गर्न गएका मन्त्रि अधिकारीलाई राष्ट्रिय सम्मान दिन मिल्दैन : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : युवा विश्लेषक तथा भ्रष्टचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकोमा भित्रिमन देखि श्रद्धान्जली व्यक्त गरेका छन्। यस्ता भईरहेको हवाईदुर्घटना बारे गहन अध्धयन गर्न जरुरी रहेको उनको भनाई छ।

शाहीले हवाईयातायातमा ठुलो धन राशि खर्चिदा पनि उचित व्यवस्थापन नहुँदा आज देशले मन्त्रि गुमाउन परेकोमा दुख व्यक्त गरे। उनले रविन्द्र अधिकारी आफ्नो व्यक्तिगत काममा गएका थिए जसकारण उनलाई राष्ट्रिय सम्मान दिन नहुने बताए।

उनले रविन्द्र अधिकारीका कार्यहरु राम्रा नराम्रा दुवै रहेको उनले बताए। उनी भन्छन, ‘भ्रष्टाचारका ठुलो मुद्दामा उनको नाम जोडियो जुन छानविन गर्न बाँकी थियो अब उनी भगवान भईसकेका छन्। उनका राम्रा कार्यहरु मध्य विद्यार्थी आन्दोलन थियो जसले गर्दा हजारौ विद्यार्थीहरुले छुट पाएका छन्।’ बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू