पानी बेच्ने ९ वर्षीया अर्चना पराजुलीको परिवारलाई सहयोग लिएर पुगिन् महिला उद्यमी बसु

मनिषा थापा

पिएनपिखबर : बसन्तपुरमा साँझ पख पानी बेच्दै हिड्छिन् अर्चना पराजुली। उमेरले नौ मात्र पुगेकी उनको यो रहर हैन बाध्यता हो। उनको आमा विरामी भएको कारण उनी पानी बेच्दै हिड्न बाध्य भएकी हुन्। 

उनको एउटा दिदी र आमा छिन्। बाबुको निधन भईसक्यो। उनकी आमालाई किड्नी र मुटुको रोग लागेको छ। अर्चनाकी आमा ज्यामी काम गरेर दुई छोरीलाई जेनतेन पालिरहेकी थिइन। तर विगत ७ महिना देखि रोग लागेको उनी दुई महिना देखि राम्ररी हिडडुल गर्न सकेकी छैनन्।

बसन्तपुरमा सानो कोठा लिएर अर्चनाको परिवार बसिरहेको छ। खान लाउन धौधौ पर्ने अर्चनाको परिवारले भाडा तिर्न सकेका छैनन्। घरकी कान्छी छोरी भएर पनि अर्चना पानी बेचेर दैनिकी चलिरहेको छ। छोरीले खेल्ने उमेरमा पानी बेच्दा निकै चित्त दुख्ने अर्चनाकी आमाले बताईन।

यस्तो दर्दनाक अवस्था देखेर महिला उद्दमी बसु तामाङले सहयोग गर्न पुगेकी छिन्। उनले चामल, तेल, ग्यास र अन्य खानेकुरा लगेकी थिइन। यसको साथै उनले १ वर्षसम्म कोठाभाडा तिरिदिने जिम्मा लिएकी छिन्। उनले भनिन्, ‘मेरो विगत पनि यस्तै थियो र म अरुको दुख देख्न सक्दिन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू