पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

admin

काठमाडौं, ५ असाेज :  नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् ।

इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण खेल्न नसक्ने भएका हुन् ।

पारसले दुई महिना अघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीबाट सन्यास लिएपनी घरेलु क्रिकेट खेल्ने बताएका थिए । वसन्त गत चैत देखि अमेरिका घरेलु क्रिकेट खेल्दै आएका छन् । दीपेन्द्र अघिल्लो महिना ओमान भ्रमणको क्रमम खुट्टामा चोट लागेको थियो । चोटका कारण दीपेन्द्र कम्तिमा चार हप्ता मैदान बाहिर रहने छन् ।

प्रतिक्रिया