पार्किङमा राखेको बसको छतमा युवकको लास

राष्ट्रिय समाचार समिति

बुटवल, साउन १७ : बुटवलको बसपार्कमा विगत १५ दिनदेखि रोकिराखेको बसको छतमा एक युवकको लास भेटिएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३७ वर्षीय दीपक थापाको शव आज बुटवलको बसपार्कमा राखेको बसको छतमा भेटिएको हो।

लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बसपार्कमा कुहिएको अवस्थामा थापाको फेला परेको बताउनु भयो । भट्टराईले भन्नुभयो , ‘हत्या हो, या मृत्यु भएको हो अनुसन्धान गर्दैछौं, शव आंशिक रुपमा कुहिएकोले अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उनले बताए ।

प्रतिक्रिया