पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीले पनि त्याग गर्नसक्नुपर्छ : नेता रिजाल

अस्मिता बेल्बासे

काठमाडौं, २१ असार : नेकपा भित्र चरम विवाद चलिरहँदा युवा नेता रामप्रसाद रिजालले भने पद गुट र कुर्शी भन्दा माथि रहेर नेताहरु मिल्नुको विकल्प नभएको बताएका छन् ।

पार्टी विभाजन भए नेकपाले मात्र हैन मुलुकले नै हार्ने भएकोले एक हुनुको विकल्प नरहेको नेता रिजालले बताएका हुन् ।

नेकपा बलियो नभई ठुलो त्याग र बलिदानबाट प्राप्त उपलव्धिहरु गणतंत्र संघियता र अन्तमा व्यवस्था नै समाप्त हुने नेता रिजालको तर्क छ ।

फुट्न र विभाजन हुन् एमाले र माओवादी मिलेर नेकपा बनेको नभएकोले पार्टी एकता जोगाउन आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्याग गर्नसक्नुपर्ने उनले बताए ।

पद भन्दा पार्टी ठुलो र पार्टी भन्दा मुलुक ठुलो भएकोले मुलुकलाई र अहिलेको व्यवस्था लाई जोगाउन पदको आहुति दिनुपर्दा झन नेताहरु महान हुने सानो नहुने नेता रिजालको सुझाव छ ।

घम्साघम्सी रक्साकस्सी चर्काचर्कीले र छलफलले पार्टीलाई अझ जीवन्त र बलियो बनाउने बताउदै नेता रिजालले निर्वाचनको बेला जनतासँग गरेका बाचाहरु पुरा गर्न पनि नेकपा पार्टी झन् एकिकृत हुदै जानु पर्ने बताए ।

प्रतिक्रिया