पार्टी बलियो हुन भ्रातृ सङ्गठन मजबुत हुनुपर्छ : कोइराला

राष्ट्रिय समाचार समिति

चौतारा, ९ असोज: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा गुट उपगुट रहेसम्म पार्टी झनझन कमजोर हुँदै जाने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वले गुट उपगुट हटाउन पहल गर्नुपर्ने बताउनुभयो ।

प्रजातन्त्र सेनानी सङ्घ सिन्धुपाल्चोकद्वारा आज चौतारामा आयोजीत कार्यक्रममा नेता कोइरालाले पार्टी बलियो हुन भातृ सङ्गठन मजबुत हुनुपर्ने बताउनुभयो । वर्तमान सरकारले प्रतिपक्षसँगको गहन छलफलबिना मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा तथा गुठीसम्बन्धी विवादास्पद विधेयक ल्याउन नहुने उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले देशलाई कमजोर अवस्थामा पु¥याएको आरोप लगाउनुभयो । प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क कँडेलले प्रजातन्त्र रक्षाका लागि काङ्ग्रेस क्रियाशील भएर लागेको बताउनुभयो । कार्यक्रममा २००७ सालदेखि २०४६ सम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया