पार्टी विधान र प्रणाली नमान्ने ओलीलाई पार्टीमा बस्ने अधिकार छैन

admin
  • रामप्रसाद रिजाल

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाएर २०७४ सालको निर्वाचनमा भाग लिए नेपाली जनताले स्थिरता शान्ति र विकासको लागि कम्युनिस्ट गठबन्धनलाई भोट दिए ।

झण्डै दुई तिहाईको हाराहारीमा कम्युनिस्ट गठबन्धनले मत ल्याएर पार्टी नै एकीकृत गरी नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएर सरकार पनि संचालन गरिरहेको लगभग ३ वर्ष पुग्यो । तर जनचाहना अनुसार सरकार अघि बढ्नु सकेन भने पार्टीले पनि गति लिन सकेन ।

यसको मुख्य कारण भनेको पार्टी कमिटीलाई प्रणालीलाई बाईपास गरेर प्रधानमन्त्री केपी ओली बढ्नु नै हो ।

सरकारलाई बलियो बनाउन संसारका विकसित देशहरुमा विपक्ष पार्टीलाई पनि सरकारमा सहभागिता गराएका उदाहरण हरु छन् । तर प्रधानमन्त्री ओलीले आफ्नै दलका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि सौताको व्यवहार गरिरहेका छन् । पार्टी कमिटीको निर्णयलाई कुल्चिदै आफूलाई सर्वोपरी ठानीरहेका छन् ।

ओलीले पार्टी एकता सहमति लत्याइरहेका छन् । नेकपाले ल्याएको यो विशाल जनमत नेपाली जनताले आफूलाई मात्र दिएको भन्ने किसिमको सोचबाट प्रधानमन्त्री ओली ग्रसित छन् ।

अहिलेसम्मको अवस्थालाई मूल्यांकन गर्दा पार्टी एकीकरणले पूर्णता पाउन नसक्नु, सरकार काण्डै काण्डमा रमाउनु, भ्रष्टहरुको संरक्षण प्रधानमन्त्री ओलीले नै गर्नु, ओलीसँग फरक मत राख्ने नेता कार्यकर्ताविरुद्ध ओली र उनको गुट खन्निनु मुख्यमन्त्री र केन्द्रमा मन्त्रीहरु राजनीति नियुक्ति लगायतमा ओलीको एकलौटी जस्तो निर्णयले प्रधानमंत्री ओली सरकार र पार्टी दुबै संचालन गर्न असक्षम भइसके, त्यसैले ओली कमरेड सच्चिनैपर्छ । ओली स्वेच्छारी ढंगले अघि बढिरहने हो भने ओलीले नेकपा पार्टी र संघीय लोकतान्त्रिक व्यवस्था नै समाप्त गर्छन् ।

त्यसैले नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई म यो लेखबाट अनुरोध गर्न चाहन्छु । नेकपा पार्टीलाई विधिः पद्धतिमा अनुशासनमा चलाउनुहोस कम्युनिस्ट पार्टी जस्तो बनाउनुहोस् ।

त्यसको लागि कोही कसैसँग सम्झौंता नगर्नुहोस् । पार्टी कमिटी को निर्णय नमान्नेलाई पार्टीलाई सरकारलाई बाउको अंश ठान्नेहरुलाई सबक सिकाउनुहोस् । हिम्मत गर्नुहोस्, संसारमा अन्तिम मान्छे, अन्तिम शासक कोही हुँदैन पार्टीले सरकार बनाएको पार्टीले अध्यक्ष बनाएको हो ।

पार्टीले प्रधानमन्त्री बनाएको राष्ट्रपति बनाएको हो । सबैलाई चेतना होस् पार्टी निर्णय पार्टीको विधान पार्टी कमिटी पार्टी प्रणाली नमान्नेलाई पार्टीमा बस्ने अधिकार छैन ।
(रिजाल नेकपाका नेता हुन्)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू