पार्टी विभाजन हुन कुनै हालतमा नदिने वरिष्ठ नेता नेपालको भीष्म प्रतिज्ञा : नेता रिजाल

अस्मिता बेल्बासे

काठमाडौं, २९ असार : नेकपाका युवा नेता रामप्रसाद रिजालले पार्टीका सबै तहका नेताहरु गम्भीर रुपमा सक्रिय रहेकाले पार्टी विभाजन नहुने बताएका छन् ।

नेता रिजालले पार्टी विभाजन हुन नदिन आफू जस्तोसुकै त्याग गर्ने र विभाजन हुन कुनै हालतमा नदिने वरिष्ठ नेता माधव कुमार नेपालप्रति भिष्म प्रतिज्ञा गरेको पिएनपि खबरसँग बताएका हुन् ।

‘केही दिन भित्रैमा पार्टी नेतृत्व बीच सहमति भई नेकपा एकढिक्का भइ अघि बढ्नेमा ढुक्क भए हुन्छ । उनले भने, मैले पनि पार्टी विभाजन लाई रोक्न शीर्ष नेताहरु लाई दबाव तथा परामर्श गरिरहेको छु ।’

रिजालले पार्टी एकतालाई बलियो बनाउन सबै नेताहरुलाई सम्मानजनक भूमिका दिई पार्टी कमिटीलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

‘मैले सबै सञ्चार माध्यममा दिएका अन्तरवार्ताहरु पार्टी एकतालाई अझ बलियो बनाउने त्यस्तै पार्टी र सरकारलाई लोकप्रिय बनाउनेमा केन्द्रित भएको छु, नेता रिजालले भने ।’

प्रतिक्रिया