जापानको एक एनिमेशन स्टुडियोमा सांघेतिक हमला, २४ जनाको मृत्यु

मनिषा थापा

पिएनपिखबर : जापानको क्योटो शहरस्थित चर्चित एनिमेशन स्टुडियोमा भिषण आगोलागी भएको छ। आगोलागीमा परी ३६ जना घाइते भएका छन् भने २४ व्यक्तिको मृत्यु भएको छ। 

स्थानीय समय अनुसार बिहीबार बिहान साढे १० बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । अझै ३० जनाको सम्पर्क बिहीन रहेको खबर छ। आक्रमणकारीले एनिमेशन स्टुडियोमा आगलागी गराइएको जानकारी छ । 

आरोपित आक्रमणकारी व्यक्ति पक्राउ परेका छन् र उनी पनि घाइते रहेकाले अस्पताल लगिएको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । आगो नियन्त्रणका लागि ४८ वटा वारुणयन्त्र तैनाथ भएका छन् ।

जानकारी के अनुसार, एक व्यक्तिले स्टुडियोमा पहिले नै अज्ञात ज्वलनशील तरल पदार्थ छरेर आगो लगाएका थिए। पुलिसले ती अभियुक्त व्यक्तिलाई हिरासतमा लिएको छ जसलाई अहिले घाइते भएको कारण अस्पतालमा भर्ना गरिएको छ। पुलिसको अनुसार, सुनियोजित ढंगले आगो लगाइएको तर कुन उद्देश्यको लागि भने कुनै सुचना प्राप्त भएको छैन।

प्रतिक्रिया