जनता हैन भारत विरुद्ध राजनीतिक दल जाग्नु पर्यो : दिपेन्द्र कँडेल

मनिषा थापा

पिएनपिखबर : पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती नेपाली जनतालाई मात्रै देखाउनको लागि जारी गरेको भन्दै विरोध गरेका छन्। उनले उक्त विज्ञप्ति अधुरो, अपुरो र अन्तर्राष्ट्रियले नबुझ्ने भएको भन्दै आलोचना गरेका हुन्।

पिएनपिखबरसँग कुराकानी गर्दै कंडेलले भारत विरोधी चरित्र देखाउनको लागि मात्रै विज्ञप्ति जारी गरेको बताए। उनले भने, ‘बरु संस्कृत, नेवारी भाषा मिसाएर नेपालीले नबुझ्नी बनाउनस। यो गलत हो। गलत प्रणालीबाट निस्केका राजीनितिक दलहरुले भोलि के गर्छन भन्ने प्रश्न बनेको छ।’

उनले सरकार देखि राजनीतिक दलहरुले भारतले बुझ्ने गरी अंग्रेजीमा विज्ञप्ति निकाल्नुपर्ने बताए। भारतको पछिल्लो कदमले ओली सरकार ढालेर नेपालमा अन्तराष्ट्रिय हमला गर्ने खेल भईरहेको उनको दावी छ। उनले राजनीतिक दलले सच्चा राष्ट्रबादी छवि देखाउनु जरुरी रहेको उनले बताए। उनले भने, ‘ नपाली जनता सिमा रक्षाको लागि सधै जागीरहेका छन् अब राजनीतिक दल जाग्नुपर्ने अबस्था छ।

‘सिमा देखाएर अन्तर्राष्ट्रिय शक्तिले सरकार ढाल्न खोज्दैछ, अब पनि ओलीले नेतृत्व नगरे अन्तराष्ट्रिय शक्तिले सरकार गिराउँछ।’ ,उनले भने।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया