पिच उक्काएर सामाजिक संजालमा भाईरल बनाउनेलाई कारबाही गरिने : वडाअध्यक्ष (भिडियो)

मनिषा थापा

पिएनपिखबर : धुलिखेल नगरपालिकामा भट्टे डाँडा र काभ्रे भन्ज्याङ्ग जोडिने सडकखण्ड पिच गरिएको छ। उक्त सडकमा लापरवाही गरी कमसल पिच गरेको भन्दै पिच उकीएको भिडियो सामाजिक संजालमा भाइरल बनेपछि यो विषय निकै विवादित बनेको छ। धुलिखेल नगरपालिका वडा न ८ का वडाअध्यक्ष निराजन जुंगामले भने मापदण्ड अनुरुप नै पिच रोड बनाएको जनाएका छन् ।  

पिएनपिखबरसँग कुरा गर्दै उनले पिच रोडको पिच उकिएमा आफुलाई कालोमोसो दल्नसमेत् आग्रह गरेका छन्।

पिच गरिएको सडक उकिएको भनेर पत्रकारले गलत संदेश प्रवाह गर्ने भिडियो बनाएको उनको भनाई छ। उनले पिच उक्काएर सामाजिक संजालमा भाईरल बनाउनेलाई कारबाही गरिने समेत् बताएका छन्। पिच गरेको दुई हप्ता पनि नाबितेकोले रोड सेट हुन् बाँकी रहेको उनले उल्लेख गरेका छन्। उनले अझै पनि धेरै प्रक्रिया बाँकी रहेको बताए।

विवाद मिडिया मै आएको कारण रोडको मापदण्डको मुल्यांकन गर्न दक्ष प्राविधिकलाई ल्याउने उनको भनाई छ। यदी प्राविधिक रिपोर्ट गलत आएमा हामी बनाउनेलाई रकम दिदैनौ।, ‘उनले भने। ९३ लाखको बजेटमा बन्न लागेको पिच सडक खण्ड कुनै पनि हालतमा नबिग्रने ग्यारेन्टी दिने अध्यक्षले दावी गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू