पुडासैनी मृत्यु प्रकरण : रविको थुनछेक बहस सकियो, के भयो निर्णय ?

admin

चितवन, ९ भदौ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र उनका सहकर्मी युवराज कँडेलसँग सोमवार बयान लिइएको छ। अर्की अभियुक्त अस्मिता कार्कीको बयान मुद्दा दर्ता गरिएको दिन आइतवार अपराह्ण नै लिइएको थियो।

थुनछेकको बहस सकिएपछि उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुनेछ। लामिछाने र कँडेलका तर्फबाट राजधानीबाट गएका कानुन व्यवसायीले बहस गरेका थिए।

थुनछेक बहस सकिएपनि अदालतले निर्णय भने नगरेको स्रोतले जानकारी दिएको छ । पुडासैनी हत्या प्रकरण मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरूपण गर्ने निकाय रहेको क्षेत्रमा हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले भरतपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको थियो । । निषेधित क्षेत्रबाहिर लामिछानेका समर्थकहरूले प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया