यस्तो छ आजदेखि लागू गरिएको अनलाइनबाट पुनः श्रम स्वीकृति लिने प्रक्रिया (सूचनासहित)

admin

काठमाडौं, २ माघ : वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनः श्रम स्वीकृति (आज) आइतबारदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएको छ ।

काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको हो ।

२०७७ साल पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेको हो ।

श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

योसँगै अब पुनः श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिने प्रक्रिया यो सूचनामा उल्लेख गरिएको छ :-

प्रतिक्रिया