प्रचण्डले पुर्वराजालाई दिएको अभिव्यक्ति तत्काल फिर्ता लिन राप्रपा नेताको आग्रह

मनिषा थापा

पिएनपिखबर : राप्रपाका नेता जनकराज पाठकले पूर्व राजा ज्ञानेन्द्र शाहसँग नेपालका सम्पूर्ण नागरिकलाई भेट्ने स्वतन्त्र अधिकार रहेको बताएका छन्। केहि दिन अघि नेकपाका अध्यक्ष प्रचण्ड पुष्प कमल दाहालले ‘पूर्व राजालाई अब नागार्जुनबाट निकाल्नु पर्छ’ भनेर दिएको अभिव्यक्ति नेपाली जनाताको लागि स्वीकार्य नभएको जनाए।

निर्मल निवासमा आम मानिसको सरह जीवन बिताईरहेका राजालाई प्रचण्डले दिएको अभिव्यक्ति     नितान्त गलत रहेको र उनको सो अभिव्यक्ति फिर्ता लिन पाठकले प्रचण्डलाई  आग्रह गरेका छन्।

नेपालका नागरिकको बारेमा पुर्व राजा सधै चिन्तित रहेको उनले जनाए। अहिलेको सरकारसँग पुर्ब राजाको तुलना गर्दै उनले भने, ‘प्रचण्ड लगायत अन्य नेता, मन्त्री बिरामी हुँदा ठुला-ठुला देश गएर उपचार गर्छन तर पूर्वराजाले त मुटु रोगको उपचार समेत आफ्नै देशमा गरेका छन्।’

वर्तमान सरकारको गलत गतिविधिले नेपाली जनता वाक्क भएको समयमा आफ्नो पार्टीले आममानिसलाई सचेत गराउदै आएको उनले जनाए। गणतन्त्रले विकासको गति लिन नसकेको भन्दै उनले भने, ‘आजको दिनमा झनै कर वृद्धि, भ्रष्टचार, धर्ममा विदेशी हस्तक्षेप  जस्ता कार्यमा सरकारले अझ प्रशय दिईरहेको छ । न त कुनै विकासका कार्यहरु भएका छन्।’

जनताको हितको लागि राजसंस्थाको पुनस्थापना गर्न अब नेपाली जनताले समेत् साथ दिने उनले दाबी गरेका छन्। यसको साथै उनले नेपालको पहिचान हिन्दु राष्ट्र नै हुनु पर्ने र यसको स्थापनाको लागि सडक आन्दोलन समेत् गर्न तयार भएको बताए।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू