पुस्कर र ओम मिङ्ग्मा अनि एञ्जिलाको ‘जालैमा’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

काठमाडौँ  :  पुस्कर अर्याल र ओम श्रेष्ठ अहिलेको अवस्थामा मिङ्ग्मा तामाङ्ग र एन्जिला वाईबाको माया जालैमा परेका छन । तर यो रियल लाईफ़्मा भने हैन उनीहरु प्रस्तावित सुन्दरादेबी मिडिया ओरालीको पहिलो प्रस्तुति अनि बिष्णु रकाल र निम बहादुर रोक्काको लोकदोहोरी गित जालैमाको म्युजिक भिडियोमा रहेको दृश्यमा उक्त कुरा देख्न पाइन्छ ।

उक्त गितमा बिष्णु रकाल र सोनिया डिसिको स्वर रहेको छ भने किरण अधिकारीको लय अनि शब्द गायिका सोनिया डिसि कै रहेको छ। नेपालि गित संगितको क्षेत्रमा यो गितले छुट्टै आयाम ल्याउने लय गर्ने अधिकारीको भनाई छ ।

पस्तावित सुन्दरादेवी मिडिया प्रा.लिले बजार ब्यवस्थापन गरेकाे उक्त गित राजधानीको विभिन्न रमणीय ठाउमा छायाकन गरिएको छ । बबिता श्रेष्ठ को निर्देशमा तयार पारिएको म्युजिक भिडियोमा पुष्कर आर्याल ,मेरिशा तामाङ,ओम श्रेष्ठ ,एन्जिला वाईबाको उत्कृष्ट अभिनय रहेको छ।उक्त गितको छायाकन सागर गौतमले गरेका छन भने सम्पादन अभिनाश डिसीले गर्नु भएको छ ।यस म्युजिक भिडियोमा कोरियोग्राफर राजन रसाईलीले गर्नु भएको छ ।लोक दोहोरि गित जालैमा प्रियसी म्युजिकको युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया