पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट, एक जनाको मृत्यु

admin

काठमाडौं, ३ असाेज : महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झ डप हुँदा एक जनाको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रह री कार्यालय गौशालाका प्रह री निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो।

विवादले उग्ररूप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए। त्यसको केहीबेरमै उनको मृत्यु भएको स्थानीयबासीले जानकारी दिए।

घट नामा संलग्न व्यक्तिलाई प्रह रीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रह रीले जनाएको छ। रासस

प्रतिक्रिया