पूजामाथि सुष्माको व्यङ्ग्य : नेपालमा कति जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो? छिःछिः

admin

नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् ? यसको जवाफ हरेक नेपालीले फ्याट्ट दिनसक्छन् । नेपालमा ७७ जिल्ला, १४ अञ्जल र ७ प्रदेश छन् । तर, नेपाली फिल्म जगतकी अभिनेत्री पूजा शर्माले नेपाललाई ७७ जिल्लाबाट १४ जिल्लामा झारिदिएकी छन् ।

उनले एक अन्तर्वार्तामा नेपालको जिल्लाको संख्याबारे दिएको गलत जवाफको भिडियो क्लिप केही दिनदेखि सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

पूजाले तीन महिनाअघि प्राइभ टिभीमा दिएको अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् । यो अन्तर्वार्ता यूट्युबबाट हटाइए पनि उनले नेपालको जिल्लाबारे दिएको जवाफको भिडियो अहिले छ्यापछ्याप्ती भएको छ ।

यसैबीचमा, अभिनेत्री सुष्मा कार्कीले पूजालाई व्यङ्ग्य प्रहार गरेकी छिन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो । छिःछिः ।’

प्रतिक्रिया