पूर्वडीआईजी ‘रमेश खरेल’को संयोजकवत्वमा नयाँ पार्टीको स्थापना

admin

काठमाडौं, १४ फागुन : नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ पार्टी स्थापना गर्ने भएका छन् ।

उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेको बताइएको छ । भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताएका छन्।

पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन्। भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सक्रिय बनाइने अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने छ ।

६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताएका छन् । खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायतका व्यक्तित्वहरु आवद्ध छन्।

शाही आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भनेर चर्चामा आएका छन्। उनी विवादास्पद व्यक्तिका रुपमा पनि चिनिन्छन्। खरेलको पार्टीमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया