पूर्वमन्त्री विष्टद्वारा भारतमा अलपत्र नेपालीहरुलाई सहयोग

admin

काठमाडौं, १२ जेठ : पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भारतमा अलपत्र परेका नेपालीको लागि सहयोग पठाएका छन् ।

पूर्वमन्त्री विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपाली समुदायमा राहत वितरण गरिएको छ ।

उनले पठाएको आर्थिक सहयोगबाट द बर्नईन नेपाल युथ क्लब, दिल्लीको संयोजनमा भारतका अलग अलग राज्यहरु दिल्ली, उत्तरप्रदेश, महाराष्ट्र, राजस्थान लगायतका स्थानमा बसोबास गर्ने अलपत्र परेका निम्न वर्गीय नेपाली मजदुर वर्गका परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु अहिले वितरण गरिएको हो ।दु:खमा परेका नेपालीहरूलाई लकडाउनको पहिलो चरण देखि नै सहयोग संकलन गरी राहत स्वरुप खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको क्लबका अध्यक्ष सुवास केसीले बताएका छन् ।

कोरोना महामारीसँगै जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरुको समस्या बढ्दो छ । कतिपय नेपाली कष्टपूर्ण यात्रा गर्दै सीमासम्म आइपुगेका छन् भने अत्यधिक नेपालीको दैनिकी झन झन कष्टपूर्ण बन्दै गएको छ ।

 

प्रतिक्रिया