पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी कुम्भमेलामा सयौँ भक्तजन संक्रमित

admin

काठमाडौं, २ बैशाख : कुम्भमेलाका लागि ठूलो संख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा अस्ति ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए ।

लाखौँ मानिसले बुधबार पनि गङ्गा नदीमा स्नान गरेका अधिकारीले बताएका छन् । भारतमा दैनिक कोरोना भाइरस संक्रमणको दर बढिरहेको भए पनि तीर्थस्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएका हुन् । भारतमा कोरोना महामारी सुरु भएपछि बुधबार अहिलेसम्मकै सबै दैनिक संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा झण्डै दुई लाख जना संक्रमित भएका छन् । महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला कुम्भमेला आयोजना गर्न दिइएको भन्दै आलोचना भइरहेको छ । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मंगलबार गङ्गास्नान गरेका थिए ।

प्रतिक्रिया