पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

admin

क्वालालम्पुर, १७ असोज: मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो ।

रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उहाँ पक्राउ परेको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उहाँ पक्राउ परेको बताइएको छ । उहाँका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया