पूर्व मन्त्री बाँस्कोटाले दिए सर्वाच्च अदालतका न्यायाधीशलाई चेतावनी

admin

काभ्रे, कात्तिक ६ : पूर्व मन्त्री गोकुल बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशलाई चेतावनी दिनुभएको छ ।

एमाले काभ्रेको ईन्चार्ज समेत रहनुभएका बाँस्कोटाले एमाले प्रति षडयन्त्र गर्ने र संविधान मिच्ने श्रीमान् ५ लाई कानुन बनाएरै कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

आज एमालेको वडा अधिवेशन उदघाटन गर्न पाँचखाल नगरपालिका वडा नम्बर ६ पुग्नु भएका बाँस्कोटाले पश्चादर्शि कानुन बनाएर भएपनि कारबाही गर्नु पर्ने बताउनु भएको हो ।

‘न्यायाधीशहरूले संविधान र कानुन मिचेका छन् । राजनीति गरेका छन् । शक्तिपृथकीकरणको सिद्धान्तलाई ध्वस्त बनाउने र लोकतन्त्र समाप्त पार्ने कोहि छन् भने ती भनेको न्यायाशी नै हुन् । श्रीमान् ५, श्रीमान् ५ , श्रीमान् ५ लाई पश्चादर्शि कानुन बनाएर भएपनि कारबाही गर्नु पर्छ । एमाले डराउँदैन, बाँस्कोटाले भन्नुभयो ।’

एमाले नेता बाँस्कोटाले प्रचण्डको अब नेपाली राजनीतिमा कुनै काम नगरेको दाबी गर्नुभयो । ‘प्रचण्डको काम अब नाता नाती डुलाउने मात्रै हो । पद जति एमाले र कांग्रेससंग नमिल्दासम्म पाईंदैन । एमालेसंग मिल्यो बुहारी मन्त्री । कांग्रेससंग मिल्यो छोरी मेयर । अब ती दिन गए, बाँस्कोटाले भन्नुभयो ।’

प्रतिक्रिया