पूर्व श्रीमती र दाजुको षडयन्त्रमा अपहरणमा परेपछि पीडित दिपेन्द्र न्याय खोज्दै काठमाडौँमा [भिडियो]

सन्दीप खत्री

काठमाण्डौ: सम्पत्तिका लागि आफ्नै दाजुको षडयन्त्रमा परेका दिपेन्द्र चौधरीले न्यायका लागि सरकारसँग आग्रह गरेका छन् । आमाको क्रिया बस्नका लागि स्थायी घर सर्लाही हरिहर नगरपालिकास्थित घर गएका बेला आफू अपहरणमा परेको चौधरीले बताए ।


मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका सुरेन्द्र चौधरीले सरकारी नम्बर प्लेटको गाडीको प्रयोग गरेर आफूलाई अपहरण गरिएको दावी गरे । आफ्नै दाजु कुशेश्वर चौधरी, मामा राजेन्द्र चौधरी र पूर्व श्रीमती राधा चौधरीको योजनामा आफूलाई अपहरण गरिएको पीडित दिपेन्द्र चौधरीले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति मिथुर चौधरी, उनैले चड्ने सरकारी गाडीमा अपहरण गरिएको थियो । अपहरणका क्रममा जिल्ला समन्वय समितिका सभापति मिथुर चौधरीले प्रयोग गर्ने सरकारी गाडी प्रयोग गरिएको दिपेन्द्रले बताए । सभापति मिथुर र दाजु कुशेश्वरबीच साला भेनाको सम्बध रहेको छ ।

आमाको क्रिया बसेको चौधरीलाई ११ औँ दिन कात्तिक ३ गते मा अपहरण गरिएको थियो । तीन वर्ष अगाडि विहे गरेर ल्याएकी राधा चौधरी अर्कै केटासँग पोइला गएको तर सम्पत्ति खानका लागि अपहरणमा भूमिका खेलेको उनले बताए । यता आफ्नै दाजु कुशेश्वर चौधरीले पनि भाइलाई अंशबण्डा गर्नुपर्ने तर सबै सम्पत्ति आफैले खाने मनसाय राखेकाले भाइलाई अपहरण गराएको उनले बताए ।

पूर्व श्रीमती र दाजुको षडयन्त्रमा अपहरण गरेर पीडित चौधरीलाई जबरजस्ती ७५ लाख रुपैयाँको कागज गराईको दिपेन्द्रले बताए । दिपेन्द्रकी पूर्व श्रीमती राधा चौधरीकी काका बासुदेव चौधरी, उनैलाई तिर्नुपर्ने गरी ७५ लाखको कागज गराइएको छ । पूर्व श्रीमती राधा चौधरीको काका बासुदेव चौधरीलाई तिर्नुपर्ने गरी ७५ लाख रुपैयाँको कागज गराइएको दिपेन्द्रले बताए ।

राधा चौधरी अरु केटासँग सल्किएपछि दिपेन्द्रले छोडेका थिए । तर दाजु कुशेश्वरले अरुसँग पोइला गइसकेपछि पनि राधालाई घरमा लगेर राखेको भन्दै दिपेन्द्रले भने, “दाजु र राधा मिलेर मेरो सम्पत्ति हडप्न र अंश पनि नदिनका लागि सब यो षडयन्त्र भएको हो ।”

यस विषयमा प्रहरी प्रशासनलाई खबर गर्दा पनि वेवास्ता गरेको दिपेन्द्रको गुनासो छ । अपहरणपछि जबरजस्ती कागज गर्न बाध्य भएका दिपेन्द्रले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा पुगेर घटनाको विवरण जानकारी गराउँदा प्रहरीले चासो नदिएको उनको आरोप छ ।

“घटनाको विवरण सुनाएपछि भोली आउनु भने । भोलीपल्ट जाँदा कार्यालय प्रमुख नै थिए । तर यो केश हामीले हेर्ने होइन, अदालतमा करकापको मुद्धा हाल्नुस् भनेर पठाइदिए । ति प्रहरी अधिकारीको नाम भने मलाई याद भएन ।” दिपेन्द्रले भने ।

दिपेन्द्रले आफू अन्यायमा परेको भन्दै न्यायका लागि आग्रह गरेका छन् । “मैले इलाका प्रशासन कार्यालयमा उजुरी गरेको छु । प्रशासनले अदालतमा मुद्धा हाल्नुस् भनेको छ । मुद्धा पक्रियामा गएको छु । ७५ लाखको ऋण बोकाएर गराइएको कागज रद्ध गर्नुपर्छ ।” दिपेन्द्रले भने । पूर्व श्रीमती राधा, दाजु कुशेश्वर, मामा राजेन्द्र लागयतका उनीहरुका मतियारका कारण घर जान सक्ने अवस्थासमेत नरहेको दिपेन्द्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू