पृथ्वी-राजमार्गमा लकडाउनको अबज्ञा

admin

पृथ्वी-राजमार्गको केही बजारमा सवारी-साधनको र मानिस को आवत जावत निकै खुकुलो देखिएको छ ।  बिना मास्क भीडभाडमा किनमेल गरिरहेका भेटिन्छन् नेपाल प्रहरी,नेपाली सेनाले सम्झाई रहे पनि जनता बाटोमा समुहमा हिल-डुल गरेको भेटिन्छन । प्रहरी ले हिल डुल नगरनु अनुरोध गर्दा वास्ता गर्ने नगरेकोले देशमा भाइरसको उच्च जोखिम बढ़ने सम्भावन देखिन्छ छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको छ । पृथ्वी राजमार्ग अंतरगत को केही गाऊँपालिकाले किनमेलको लागि बिहान ७ बजे देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकेको छ ।

लकडाउनको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिंग र ईलाका प्रहरी कार्यालय गजुरीले घर बाट हिल-डुल न गर्ने सवारी साधन न चलायी दिनु पटक-पटक माइकिंग गर्दै गरेको छ ।तर ठाऊ-ठाऊमा स्थानिये जनता अझ पनि समुहमा हिल डुल गरिरहेका छन् ।

प्रहरीले अनुरोध गर्दा पनि स्थानिए जनता बिना पास र हेमलमेट नलायी राजमार्गमा मोटरसाईकल क़ुदायिको देखिन्छ । जिल्ला प्रशासन, प्रहरी, लकडाउन पालना गर्न चोक, गल्ली, बजारमा माइकिङ गरेर अनुरोध गरिरहेका छन् ।

तर पृथ्वी राजमार्ग का जनता महामारी को डरलाई बेवास्ता गर्दै आइरहेका छन् । यस्तो महामारीको समयमा जनताले आफ्नो स्वास्थ्यलाई ख्याल गरि आफ्नो घरमै बसिदिनु प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया