पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ ? सावधान ! हुनसक्छ आकस्मिक मृत्यु

रिता घिसिंग

एजेन्सी : तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गीबाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ ।

यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।

विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट पिडित छन । इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए अनुसार, अनियन्त्रित मिर्गीमा मृत्युको मुख्य कारण आकस्मिक मृत्यु हो र प्रायजसो यो सुत्ने क्रममा हुने गर्दछ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले २५ वटा अध्ययनहरूको समीक्षा गरेका थिए, जसमा सहभागी २५३ आकस्मिक मृत्युको मामलामा मानिसहरूको शारीरिक स्थितिको अध्ययन गरिएको थियो । यस अध्ययनमा के पाइयो भने पेटको बल सुत्ने स्थिति ७३ प्रतिशत मानिसहरूको मृत्यु भएको थियो । जबकि २७ प्रतिशत मानिसहरूको सुत्ने स्थिति फरक थियो ।

शिशुहरूको मामला जस्तै वयस्कहरूमा पनि प्रायजसो दौरा भएपछि बिउँझने क्षमता हुँदैन । विशेष रूपले सामान्य दौराको क्रममा । ताओ का अनुसार, यस अध्ययनमा मिर्गीबाट आकस्मिक हुने मृत्युबाट बचाउँनका लागी एक महत्वपूर्ण रणनीतिलाइ बताइएको छ । ‘कम्मरको बल गरि सुत्नु ‘ नै एक महत्वपूर्ण रणनीति हो । हाते घडी र बेड अलार्मको प्रयोगबाट सुत्ने क्रममा यस प्रकारको मृत्युबाट बचाउँमा मद्दत पुग्दछ । यो अध्ययन अनलाइन जर्नल न्यूरोलोजीमा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया