पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

admin

काठमाडौं, ४ बैशाख : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान १/१ रूपैयाँ मूल्य वृद्धि गरेको हो।

योसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय २१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय चार रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगमले शनिबार विज्ञप्ति जारी गरी आन्तरिक तर्फको हवाई इन्धनमा दुई रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ कायम गरिएको जनाएको छ। खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया