पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी, चालक र सहचालक बेपत्ता

admin

धादिङ,  ४ असोज : पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया