पेरुका क्रान्तिकारी नेता गोञ्जालोको निधन

admin

काठमाडौं, २७ भदौ : पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको नि धन भएको छ । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गोञ्जालो नामले चिनिन्छ ।

उहाँले सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा आजीवन कारावास भोगिरहनुभएको थियो । उहाँ पेरुको क्रान्तिकारी समूह साइनिङ्ग पाथका नेता तथा संस्थापक हुनुहुन्थ्यो । गएको जुलाईमा उहाँलाई स्वास्थ्य समस्या देखिएपछि जेलबाट अस्पताल लगिएको थियो ।

पेरुमा एक दशकभन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएका थिए । गुजम्यान पक्राउ परेपछि साइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्यहरु सक्रिय छन् ।

गुजम्यान पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा जन्मिनु भएको थियो । दार्शनिक नेता मानिने गुजम्यान विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिनुहुन्छ ।

प्रतिक्रिया