पेस्तोलसहित प’क्राउ परे विप्लव समूहका सेक्सन कमाण्डर

admin

काठमाडौं, मंसिर ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डरलाई प्र’हरीले प’क्राउ गरेको छ। ताप्लेजुङ फाक्ताङलु गाउँपालिका-२ का ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई प्र’हरीले मोरङ उर्लाबारीबाट प’क्राउ गरेको हो।

जिल्ला प्र’हरी कार्यालय मोरङका अनुसार उनी उर्लाबारी-६ रमाइलो छोलस्थित एकबहादुर विश्वकर्माको घरमा थिए। उनको साथबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली लोड भएको म्यागजिलगायत बरामद भएको प्र’हरी उपरीक्षक सन्तोष खड्काले बताए।

उनको साथमा चन्द समूहको पर्चा, जनमुक्ति सेना लेखिएको किताब, डायरीलगायत पनि बरामद भएको छ। उनी ताप्लेजुङका विभिन्न ठाउँमा रहेर विप्लव समूहको गतिविधिमा संलग्न हुँदै आएका थिए।

सोही क्रममा मोरङ आइपुगेका उनलाई वकुराउ गरिएको खड्काले बताए। प’क्राउ परेका शेर्पालाई हतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया