पैसाको लागि सामूहिक बलात्कारको नाटक, युवती पक्राउ

admin

काठमाडौं, माघ ४ : : तीन दिनअघि आफू सामूहिक ब’लात्का’र परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्र’हरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्र’हरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्र’हरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि ब’लात्का’र भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै प’क्राउ गरेको छ ।

प्र’हरीले अनुसन्धानकै क्रममा झु’टो ब’लात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई प’क्राउ गरेको हो । उनीहरुमाथि जबर’जस्ती क’रणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रह’रीले जनाएको छ ।

युवती पुस २८ गते इलाका प्र’हरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्र’हरमिा पी’डितलाई पठायो । ‘म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए । अनि दुई तले घरमा लगेर रातपर ब’लात्कार गरे,’ उनले प्र’हरीलाई बताएकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया