पोखरामा घाँटी रेटेर आफ्नै साथीको हत्या, १० घण्टामै समातियो हत्यारा, हत्याको गर्नुको कारण यस्तो रहेछ

शर्मिला गुरुङ

पोखरा, १ फागुन  : पोखराको लेकसाइडमा १४ बर्षीय एक बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य श्रोतका अनुसार उनी उक्त घटनामा संलग्न हुने मुख्य व्यत्ति हुन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई नियन्त्रमा लिएर सोधपुछ समेत गरिरहेको छ ।

मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि हत्या भएको बताइएको छ । पाल्पा स्थायी घर भइ हाल लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकमा निर्माणधिन अबस्थामा रहेको एक भवन भित्र मंगलबार उनको हत्या भएको हो । बालकका बाबु गोबिन्द सिन्जालीले

लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू