पोखरामा प्रहरी कार्यालय भित्र यस्तो घटना : आन्दोलनकारीले गरे लिंग ‘काटी दे’ भन्दै प्रदर्शन (भिडियो)

मनिषा थापा

बुधबार कास्की जिल्ला प्रहरी कार्यालय, पोखरामा ठूलै भिड जम्मा भयो । सोमबार पुम्दीभुम्दीकी १२ बर्षिय श्रीया बिकको बलत्कार पछि हत्या भएको र अभियुक्त सार्वजनिक कार्यक्रम थियो ।

प्रहरी कार्यालय भित्र अभियुक्त मानिएका कुसुम पौडेल लगायत पत्रकार र प्रहरीहरु पत्रकार सम्मेलनमा थिए भने धेरैको संख्यामा बाहिर नाराजुलुस गर्दै थिए । हत्यारा तथा बलत्कारीको लिंग काटि दे, श्रीया बिकलाई न्याय दे जस्ता शब्दहरु गुन्जिरहेका थिए ।

सबैका सामु अभियुक्त भनिएका कुशुम पौडेललाई ल्याउँदा केही व्यक्तीहरुले हातपात गर्न समेत खोजे । प्रहरीको घेराबन्दीबाट ल्याएको र अनुहार पनि ढाकेको भन्दै आफन्तजन आक्रोशित थिए । कानुन नै कमजोर भएकाले अपराधी पक्रेर पनि सन्तोष नभएको भन्दै फासीको सजाय हुनुपर्ने तर्क आफन्तहरुले राख्दै थिए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू