पोखरीमा डुबेर दाजुभाइको मृ’त्यु

admin

सिरहा : पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।

फाइल फोटो

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको श’व गाउँदेखि करीब ७०० मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्र’हरी कार्यालय मिर्चैयाका प्र’हरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिनुभयो ।

माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृ’त्यु भएको हुन सक्ने प्र’हरीको अनुमान छ । श’व परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया