‘प्याब्सक’को अध्यक्षमा गेन्द्र लामा

कृष्ण रोकाया

पिएनपिखबर : निजी विद्यालयहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को अध्यक्षमा गेन्द्र लामा निर्वाचित भएका छन् । प्याब्सकको चौथो अधिवेशनले प्राक्सीस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल लामालाई अध्यक्षमा निर्वाचित गरेको हो । लामासहित १५ सदस्य कार्यसमिति निर्वाचित भएका छन् ।

उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह-कोषाध्यक्षमा सुदिप काफ्ले, सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया