प्रगतिशिल बहुउद्देश्यीय सहकारीको स्थापना दिवस तथा साधारण सभा सम्पन्न

admin

काभ्रे,  ३० भदौ : प्रगतिशिल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड पाँचखाल ४ काभ्रेको २१ औं स्थापना दिवस तथा २० औं साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक लि. का ज्ञान बहादुर तामाङ्ग तथा विशिष्ट अतिथि मञ्जु गौतम, उपप्रमुख जिल्ला समन्वय समिति काभ्रे, अतिथिका रुपमा सहकारीका अध्यक्ष माधब नेपाल, रामशरण दुलाल वडा नं. ६ वडा अध्यक्ष, पुष्कर ढकाल अडा अध्यक्ष वडा नं. ७ ईश्वर अधिकारी पांचखाल नगरपालिका सहकारी विभाग, सहित पांचखाल नगर क्षेत्रका व्यत्तित्व को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

२१ औं सहकारी स्थापना दिवस तथा २० औं साधारण सभा कार्यक्रमको क्रममा सहकारी मार्फत सहकारी स्वगत गित सुनिता नेपाल, निरु नेपाल, तथा सरस्वती अधिकारी मार्फत गरीएको थियो । सहकारीको आवश्इक्ता महत्व, सामाजिक दायित्व र सामाजिक भूमिका सहित उपस्थित बक्ताहरु मार्फत पांचखालको विकास, आर्थिक रुपान्तरण, र सामाजिक दायित्व समेत निर्वाह गरी पांचखाल लाई पांचखाल बनाउन सकिने धारणा राख्नु भएको थियो । बर्तमान अवस्थामा निर्माणको चरणमा रहेको पांचखाल बृहत खानेपानीको लागी पांचखाल उपत्यका आसपास रहेको सहकारी र वित्तिय सस्था को भुमिका सह्हानीय रहेको मन्तव्यको क्रममा सुनकोशि खानेपानी आयोजनाका अध्यक्षले राख्नु भएको थियो ।

सहकारीको स्थापना दिवस तथा साधारण सभा मनाउने क्रममा पाँचखाल उपत्यका क्षेत्रमा सहकारी संग आवद्ध रहेको सदस्यसंग सम्बन्धित रहेर विभिन्न सम्मान कार्यक्रम पनि सञ्चालन गरीएको थियो । र्काक्रमको क्रममा एस.ई.ईं सम्मान कार्यक्रम मा २०७५ मा भएको परिक्षामा ३.६ जि.पि.ए. भन्दा माथि ल्याएर उर्तिण हुने सस्थाका शेएर सदस्यहरुको छोरा छोरीहरु मध्इे बाट ८ जना विभिन्न विद्यालयमा अभ्ययन रत उर्तिण विद्र्यायार्थिलाई प्रदान गरीएको थियो । जेष्ट नागरीक सम्मान सम्मान र्काक्रम अन्र्तगत यस सस्थामा आवद्ध रहेका शेएर सदस्य मध्ये ७० वर्ष पार गरेका जेष्ट नागरीक सम्मान ८ जनालाई गरीएको थियो ।

बचत के हो, बचत किन, बचत कसले, बचत कहिले, बचत कहा भन्ने सहकारीको सिद्धान्त अनुरुपन समयमै बचत गर्ने बचत कर्ता मध्ये दुई जना उत्कृष्ट बचत कर्ता सम्मान भएका छन् । लगानी र प्रतिफल सयममै र नियमित ऋण तिर्ने मध्येबाट दुई जना असल ऋणी समान कार्यक्रम, तथा कार्यालयमा काम गर्ने कर्मचारीमा उत्कृष्ट कर्मचारी सहितको सम्मान कार्यक्रम राखिएको थियो ।

साथै कार्यक्रमको क्रममा फरक ढंगमा चिठ्ठा कार्यक्रम सहित कार्यक्रमको थप मनोरञ्जन प्रदान गरीएको थियो । यसरी सम्मान कार्यक्रम राख्दा सामाजिक, सास्कृतिक, तथा उर्जा र मनोवल बृद्धि हुनुका साथै सहकारीको सामाजिक दायित्वमा नागरिक भूमिका रहन आवश्यक निरन्तर रहन्छ भन्ने मुल उदेश्यका साथ विविध विद्यामा सम्मान कार्यक्रम राखिएको बताउनु हुन्छ कार्यसमितिबाट नव नियूक्त अध्यक्ष केशव काफ्ले ।

प्रतिक्रिया