प्रचण्डले माफी मागे पछि हेग लानु हुदैन भन्दै लेनिन विष्ट

मनिषा थापा

पिएनपिखबर : केहि समय अघि बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग ३ महिनाभित्र पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ मा जाने अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिएको ३ महिना पुरा हुन् नपाउँदै नेकपा अध्यक्ष प्रचण्ड पुष्प कमल दाहालले एक कार्यक्रमबीच माफी माग्दै द्धन्द्ध कालको राम्रा नराम्रा सम्पुर्ण कामको जिम्मा आफुले लिने प्रतिबद्दता गरेका छन् ।

बिहिबार आयोजित अन्तरसंवाद कार्यक्रममा हेगमा लैजाने चेतवानी दिने बालसैन्य लेनिन विष्ट र प्रचण्ड लगायत अन्य नेताबीच अन्तरक्रिया भएको थियो जहाँ एउटै मञ्चबाट प्रचण्ड र लेनिनले द्धन्द्ध कालमा भएका सम्पुर्ण घटनाको समिक्षा गरेका थिए । सो कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रति उपस्थित द्धन्द्ध पिडीत महलिाहरुले आक्रोश समेत् पोखेको देखियो।

 यसै बीच पिएनपिखबरसँगको कुराकानीमा विष्टले आफ्ना कुराको सुनुवाई नभए पछि प्रचण्डलाई हेग लैजान्छु भनेको तर पछिल्लो समय सरकार यस मुद्धाबारे सकरात्मक देखिएको बताए।

उनले द्धन्द्ध पिडितको मुद्दा राष्ट्रियस्तरमै हल हुने आशा जागेको बताए । शान्तिप्रक्रिया पछि पहिलोपटक उच्च तहको नेतृत्व र पिडितबीच अन्तरक्रिया भएको उनले जनाए। अब पिडितलाई चाँडै नै न्याय मिल्नेमा विश्वास रहेको उनको भनाई छ । 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू