प्रचण्डले ‘रअ’ प्रमुख भेट्नु पछाडीको डरलाग्दो रहस्य पर्दाफास

मनिषा थापा

पिएनपिखबर : नेपालमा सत्ता परिवर्तन हुने हल्ला धेरै पहिला देखि चल्दै आएको हो। राजनीतिलाई नजिकबाट हेर्ने बुद्धिजीवी, राजनीतिक विश्लेषकहरुले पनि नेपालमा बाह्य शक्तिको अत्याधिक प्रभाब रहेको बताउदै आएका छन्।

बाह्यको इशारामा देश चल्ने गरेको भनेर पनि धेरैले टिक्काटिप्पणी गरिरहेका छन् । यसै बीच भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गाेयल आफु नियुक्त भएको एक महिना पनि नवित्दै नेपाल भ्रमण गरेका छन्। उनले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड पुष्प कमल दाहाल, तथा सभापति शेर बहादुर देउवासङ्ग गोप्य भेटघाट गरी फर्किएको खबर फैलिएसँगै सरकारविरुद्ध चौतर्फी आलोचना भएको छ।

‘ग्रेटर नेपाल’का एक्ला अभियन्ता फरिंद्र नेपालले यसरी भारतीय खुफिया प्रमुख आएर सरकारका माननीय व्यक्तिलाई एक पछि अर्को ब्यक्तिलाई भेट्नु आपत्ति जनक रहेको बताए। नेपालको राजनीतिमा राष्ट्रियको निमित्त अहम भूमिका खेल्यौ भन्ने व्यक्तिहरुको हैसियत भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँगको भेटले देखिएको उनको टिप्पणी छ।

प्रधानमन्त्री देखि अन्य नेताहरुले आफ्नो स्वाभिमान विर्सिएर गैरराजनीतिक ब्यक्तिसामु झुकेको देखिएको भन्दै उनले गुनासो गरे। सत्तामा जाने चाहानाले गर्दा प्रचण्ड दाहालले गयलसँग भेट गरेको नेपालले अनुमान गरेका छन्। उनले भने, ‘प्रचण्डले आफ्नो माग,प्राथना ‘रअ’ प्रमुखमार्फत भारत पठाएका हुन् ।’

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू