प्रचण्ड अपराध अभिशप्त दुष्टताको कारण राजतन्त्रलाई दोषारोपण गर्दैछ : नेता रायामाझी (भिडियोसहित)

शेखर जंग रायमाझी

काठमाडौं, प्रतिनिधिसभामा, दिल्लीमा बसेर १७ हजार नेपालीको रगतको होली खेल्ने रक्तपिपासु हिंस्रक जन्तु प्रचण्डले “राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले फिर्ता ल्यायो, भन्ने अन्त्यन्तै भ्रामक र तुच्छ अभिव्यक्ति दिएर विक्षिप्त र विकृत मनस्थिति देखाएका छन् ।

नेपालको राजतन्त्र नेपालको निर्माता शक्ति हो र नेपालको एकिकरण, स्वतन्त्रता, अखण्डता, स्वाधिनता र सार्वभौमिकताको रक्षामा अभुतपूर्व योगदान दिएको हरेक नेपाली तथा विश्वजगतमा स्पस्ट छ ।

यस्तो ऐतिहासिक अभिलेख रहेको सत्य र तथ्यलाई नजरअन्दाज गर्दै जुन निकृष्ट वाक्य छाद्न पुगे, त्यसको कारण भारतीय जासुसी संस्था र पश्चिमा कृश्चियन फिरङ्गीको तलुवा चाढ्दै नेपाली दाजुभाइको ह’त्याको जघन्य अपराधबाट अभिशप्त दुष्टता बाहेक केही होइन ।

आज मुलुक कङ्गाल र जनता बेहाल बनाएका यि बिदेशीका दासहरु, अहिले राष्ट्रिय झन्डामा गोलबद्ध भइ यिनका बिरुद्ध जुन प्रकारको युवा, महिलाहरुको सघन उपस्थितिका साथ नेपाली जनताको अपार ऐक्यबद्धताले ENOUGH IS ENOUGH भन्यो, हो त्यो भिड देखेर यि देशद्रोही, जनघाती तिलमिलाउदै बर्बराहट निस्किएको हो ।

अब हामी देशभक्त राष्ट्रवादी नागरिकहरुले जतिसक्दो चाडो सत्ताबाट गलहत्याएर यि ब्वाँसो र हुँडारहरुलाई राष्ट्रघातको जघन्य अपराधको सजाय दिलाउने राष्ट्रिय कर्तव्य निर्वाहको लागि अझ सशक्त ऐक्यबद्धता प्रकट गरौ ! जय राष्ट्रवाद !!

बाँकी भिडियोमा हेर्नुस् !

प्रतिक्रिया

सम्बन्धित समाचारहरू