प्रचण्ड अहिले विचलन र डिप्रेसनको अवस्थामा छन् : महेश बस्नेत

admin

काठमाडौं, ३१ चैत : नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले विचलनको अवस्थामा रहनुभएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल तनहुँको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रचण्ड विचलन, डिप्रेसनको अवस्थामा छन् । प्रचण्ड न भाले न पोथीको अवस्थामा छन् ।’ नेता बस्नेतले आगामी निर्वाचनमा प्रचण्डलाई एमालेको कुनै साथ नरहनेसमेत स्पष्ट पार्नुभयो ।

‘आगामी निर्वाचनमा प्रचण्डलाई कुनै साथ दिइने छैन, उहाँलाई विगतमा एमालेले साथ दिएको थियो । आउँदो निर्वानमा प्रचण्डलाई एमालेले कुनै हालतमा साथ दिने छैन,’ उहाँले भन्नुभयो । विकास निर्माणका कामले तीव्रता पाउँदा अहिले प्रधानमन्त्री ओलीको लोकप्रियता चुलिएकोसमेत पूर्वमन्त्री बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया