प्रचण्ड–नेपाल समूहले महासचिवबाट हटायो विष्णु पौडेललाई

admin

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहले महासचिव पदबाट विष्णु पौडेललाई हटाएको छ। आज पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले महासचिव पौडेललाई हटाउने निर्णय गरेको सदस्य लिलामणि पौडेलले जानकारी दिए।

त्यस्तै बैठकले प्रधानमन्त्री केपीशर्मा ओलीलाई स्पष्टिकरण समेत सोध्ने निर्णय गरेको छ। पार्टीविपरित कार्य गर्दै आइरहेका कारण ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भनेर स्पष्टिकरण सोध्ने निर्णय भएको पौडेलले बताए।

प्रतिक्रिया