प्रचण्ड र बाँस्कोटालाई काभ्रेमा प्रवेश निषेध

admin

प्रदेशको नामाकरण पहिचान सहितको संघियताको विरुद्ध रहेको भन्दै काभ्रेमा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रवेश नदिने चेतावनी दिईएको छ ।

 

काभ्रेको महाभारत गाउँपालिकाका युवाहरुले नेकपा अध्यक्ष प्रचण्डसहित काभ्रेबाट निर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई आफ्नो गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका हुन् ।

पहिचान सहितको संघीयता विपरीत प्रदेशको नाम बाग्मती राखिएको भन्दै उनीहरुले नेकपाका नेताहरुलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएका हुन् । प्रवेश निषेध लेखिएका पर्चाहरु जताततै टाँसिएका छन् । उनीहरुले प्रदेशको नाम नेवाः तामसालिङ राख्न पनि माग गरेका छन् ।

प्रतिक्रिया