प्रतिनिधि सभा बैठक बस्‍नुअघि सभामुख सापकोटासँग प्रचण्ड-नेपालको भेट, छलफल के भयो ?

admin

काठमाडौं, २३ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन् । सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमै पुगेर प्रचण्ड-नेपालले सापकोटासँग भेट गरेका हुन् ।

आइतबार अपराह्न चार बजे संसद बैठक बस्दै छ । त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरतमा प्रचण्ड-नेपाल समूह रहेका बेला दुवै अध्यक्ष सभामुखसँग भेट गरेर फर्केका हुन् । सभामुखसँगको छलफलमा के कुराकानी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।

प्रतिनिधि सभा बैठक बस्‍नुअघि सभामुख सापकोटासँग अध्यक्षद्वयले गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ । एउटै पार्टी तर प्रचण्ड-नेपाल समूह र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको छुट्टाछुट्टै संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेका थिए ।

सभामुख अग्नि सापकोटाको भूमिकाप्रति नेकपाको ओली खेमाले आशङ्का व्यक्त गरिरहेको छ ।  शनिबार राति बालुवाटारमा भएको ओली खेमाको बैठकले सभामुखले दाहाललाई दलको नेताका हैसियतमा बोल्न दिए प्रतिकार गर्ने रणनीति तय गरेको छ ।

प्रतिक्रिया