प्रदेशीको पीडालाई समेटिएको म्यूजिक भिडियो ‘श्रीमती काँ पुग्लान’ सार्वजनिक

admin

काठमाडौं, २७ माघ : प्रदेशीको पीडालाई समेटिएको गीत एल्वम ‘श्रीमती काँ पुग्लान’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपालमा प्राय घट्ने गरेको घटनालाई यस भिडियो मार्फत देखाउन खोजिएको छ । श्रीमान विदेश गएपछि श्रीमतीले गर्ने हर्कतलाई गीत मार्फत सन्देश दिन खोजिएको छ ।

उक्त म्यूजिक भिडियोलाई दिपक शर्माले निर्देशन गरेका छन् भने, गीतको संगीत संयोजन खड्ग गन्धर्वले गरेका हुन् । जीवन श्रेष्ठको लय शब्द रहेको यस गीतमा जीवन श्रेष्ठ, करुण गन्धर्व र सविता रेस्मी मगरको स्वर रहेको छ । लोकेश भाटको सम्पादनमा रहेको गीतको भिडियो छायांकन बासु न्यौपानेले गरेका छन् ।

पारिवारिक कथामा आधारित म्युजिक भिडियोको निर्माता मिन रेस्मी मगर हुन् । वर्ल्ड कभरेज मिडिया लिमिटेडद्वारा उत्पादन यस म्यूजिक भिडियोलाई अरिना इन्टरटेन्टमेन्टको युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया